भदौ, ९ काठमाडौं । पछिल्लो २४ घण्टाको विवरण अनुसार थप २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१५ हजार २९० जनाको कोभिड परीक्षण गरिएकोमा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा एक हजार ७८१ जना संक्रमणमुक्त भएका छन् । थप ४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।







