भदौ, १० काठमाडौं । नेकपा(एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । माधव नेपाल बाहिरिएपछि पहिलो पटक बैठक बस्न लागेको हो । दिउसो ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने बैठकले स्थायी कमिटीले गरेको निर्णयहरु अनुमोदन गर्नेछ ।
बैठकले विधान महाधिवेशनका लागि विभिन्न समितीहरु गठन गर्ने र नेताहरुको कार्यविभाजन गर्ने बताइएको छ ।







