ज्यालादारी कर्मचारीहरुको अन्दोलनका कारण तीन दिनदेखि कृषी तथा बन बिज्ञान विश्वविद्यालयका पशु भोकै, पानीसमेत खान नपाउँदा अवस्था दयनिय

मजदुरहरु आफु पनि दाना पानी दिदैन, अरुलाई पनि जान दिदैनन्

भदौ, २३ काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनमा रहेको पशु विकास फार्मका ज्यालादारी कर्मचारीहरुको अन्दोलनका कारण तीन दिनदेखि पशुहरु भोकै छन् । तीन दिनदेखि दाना पानी खान नपाउँदा पशुहरुको अवस्था दयनिय भएको छ ।

ज्यालमा काम गर्ने मजदुरहरुले आफ्नो सेवालाई करार गर्नु पर्ने माग राख्दै हडताल गरेका हुन् ।
उनीहरुको हडतालका कारण पशुपन्छिको अवस्था निकै दयनिय भएको क्याम्पसका प्राध्यापक डा. रेवन्त भट्टराईले हाम्रोपत्रिकासँगको कुराकानीमा बताए । उनी भन्छन्– ‘तीन दिनदेखि आफ्ना माग राखेर उहाँहरु आन्दोलनमा उत्रीनु भएको छ । तर पशुहरुको विजोग छ । पशुहरुलाई खान दिए हुन्थ्यो ।’

आन्दोलित भएका कर्मचारीहरुले उक्त फार्ममा रहेका पशुहरुलाई दाना पानी दिएका छैनन् भने अरु कसैलाई त्यहाँ दानापानी गर्न जानसमेत दिएका छैनन् । उक्त फाममा ५० / ६० जना ज्यालादारी मजदुर रहेका छन् ।