भदौ, २७ काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज १० बजे बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने आजको बैठकमा सत्तारुढ दलहरुले संसदमा खेल्नुपर्ने भुमिका, मन्त्रिपरिषद्को विस्तार लगायतको विषयमा छलफल हुने बुझिएको छ ।
यस अघिको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बिस्तारमा निकै ढिला भइसकेको भन्दै गठबन्धनका दलहरुलाई मन्त्रीको नाम दिन आग्रह गरेका थिए ।







