३१ भदौ, काठमाडौं । अभिनेत्री उषा रजक सावारी दुर्घटनामा घाइते भएकी छिन् ।
घाइते भएकी उनलाई मंगलबार साँझ नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । बुधबार राखिएको एक म्युजिक भिडियो छायाँकनका लागि पहिरन छनौट गरेर घर फर्किने क्रममा सानेपामा विपरित दिशाबाट आएको स्कूटरले उनी सवार स्कूटरलाई ठक्कर दिएको हो ।
दुर्घटनापछि सामान्य उपचार गरेर घर फर्किएकी उनलाई साँझ असैह्य दुखाई भएपछि परिवारका सदस्यले अस्पताल पुर्याएका हुन् ।







