ट्रमा सेन्टरेको निर्देशकमा डा. प्रमोद जोशी

भदौ, २९ काठमाडौं । ट्रमा सेन्टरको निर्देशकमा डा. प्रमोद जोशी नियुक्त भएका छन् । सरकारले हाल ट्रमा सेनटरमा कार्यरत डा. सन्तोष पौडेललाई कान्ति बाल अस्पतालमा सरुवा गरेको छ ।

त्यसैगरी स्वास्थ्य सेवा विभाग राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको निर्देशकमा स्वास्थ्य शिक्षा समूहका सुनील शर्मालाई जिम्मेवारी दिइएको छ।

मंगलबार स्वास्थ्यराज्यमन्त्री स्तरीय निर्णय गर्दै राज्यमन्त्री उमेश श्रेष्ठले शर्मालाई केन्द्रको निर्देशकको जिम्मेवारी दिएको छ ।

शिक्षा तथा सूचना केन्द्रको निर्देशकमा सुनिल शर्मालाई जिम्मेवारी दिइएको छ । केन्द्रकी निर्देशक राधिका थपलियालाई स्वास्थ्य सेवा विभागमा सरुवा गरिएको छ ।