असोज १, बाँके ।
हत्या गरी फरार रहेका व्यक्ति २३ वर्षपछि पक्राउ परेका छन् । बाँकेको खजुरा गाउँपालिकाका आजात खाँलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय धनौलीको संयुक्त टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत बाँकेले २३ वर्ष अघि २० वर्ष कैद सजाय सुनाएको थियो ।
उनले २०५४ फागुन ७ मा स्थानीय नुर खाँको हत्या गरेका थिए । उनी लगायतका व्यक्तिहरू मिलेर खाँको छातिमा गोली हानी घाँटी रेटेर हत्या गरेको अदालतमा पुष्टि भएको थियो ।
यस घटनामा २०७२ असोज १७ गत्ते उनलाई २० वर्ष कैद सुनाइएको थियो ।







