सत्तापक्ष र प्रतिपक्षका नेताबीच आज बैठक

रिक्त संवैधानिक पदपूर्तिबारे छलफल हुने

असोज १, काठमाडौं ।
सत्तापक्ष र प्रपितक्षका शीर्ष नेताहरूको बैठक बिहीबार बस्ने भनिएको छ । दिउँसो ११ बजेका लागि बैठक तोकिएको हो ।

बैठकमा रिक्त संवैधानिक आयोगमा पदपूर्तिको विषय छलफल हुने बताइएको छ । यी यस्ता आयोगमा दलहरूबीच भागबण्डा नमिल्दा लामो समयदेखि थुप्रै पद खाली छन् ।

सत्तापक्ष निकट एक नेताका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । छलफलमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेता सुवासचन्द्र नेम्वाङ, कांग्रेस अध्यक्ष शेर बहादुर देउवा, नेता रमेश लेखक लगायत सहभागी हुनेछन् ।

हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त र आयुक्त खाली छन् । निर्वाचन आयोगका केही आयुक्तसहित केही विश्वविद्यालयमा उपकूलपति र पदाधिकारी नियुक्त हुन सकेका छैनन् । विभिन्न संवैधानिक पपदमा जम्मा ४१ पद खाली रहेका छन् ।