प्रतिपक्षका विरोधका बीच प्रतिनिधिसभा बैठक सुरु

असोज, ७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०को विरोधका बीच प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्नासाथ एमालेका सांसदहरु ‘वेल’ घेर्न पुगेका थिए ।

सभामुख सापकोटाले बैठक सुचारु गर्नका लागि विपक्षी दलका सांसदलाई पटकपटकको आग्रह गर्दा पनि विपक्षीको अवरोध कायमै रहेका बेला बैठकको कार्यसूचीका विषय अगाडि बढाएका थिए । आजको बैठकमा ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ माथि छलफल गरी पारित गर्ने कार्यसूची छ ।