कपनको मिलनचोकबाट ढलमा खसेर बेपत्ता भएका उज्ज्वल मृत फेला

असोज, १० काठमाडौं । असोज ४ गते कपनको मिलनचोकबाट ढलमा खसेर बेपत्ता भएका १० वर्षका बालक उज्ज्वल विश्वकर्माको शव फेला परेको छ । ललितपुरको बागमती गाउँपालिका–१ स्थित घुसेलमा उनको शव भेटिएको हो ।

ढलमा खसेका विश्वकर्माको शव घुसेलस्थित बागमतीको किनारमा भेटिएको हो । उनको कपडाबाट परिवारले शव पहिचान गरेका छन् । शव बागमती नदि किनाराबाट मुल सडक सम्म ल्याउन करिब २ घण्टा पैदल हिँड्नुपर्छ ।​