असोज, ११ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले मन्त्रिपरिषद्लाई पूर्णता दिन देखिएको कानूनी जटिलतालाई अविलम्ब हल गरेर अगाडि बढ्न गठबन्धन बैठकमा छलफल गर्ने निर्णय गरेको छ ।
सोमबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले मन्त्रीपरिषद्लाई पूर्णता दिन छिटो पहल गर्ने निर्णय गरेको हो ।
बैठकमा सरकारको पूर्णताको लागि कानून, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दाको विषयमा छलपल भएको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए ।
सदन अदालतसँग जोडिएको कानूनि जटिलता हेरे लगत्तै मन्त्रीमण्डल बिस्तारमा छलफल अगाडि बढ्ने सदस्य गुरुङले बताए ।







