निम्बसले नो-किरा वोराको उत्पादन शुरु ग-यो, बजारमा छिटै आउने

असोज, १५ काठमाडौं । नयाँ प्रविधिहरु भित्राउदै आएको निम्बस नेपालले किसानहरुका लागि एउटा नयाँ प्रविधि भित्राएको छ । कम्पनिले अन्न, बीज र दाललाई सुरक्षित भण्डारण गर्ने जीरोफ्लाई प्रविधियुक्त नो-किरा वोराको उत्पादन शुरु गरेको छ।

स्थापनाकाल देखि नै निम्बस नयाँ प्रविधिलाई भित्राउदै आफ्नो पहिचान बउँदै आएको छ ।

साना तथा मझौला किसान र व्यापारीहरुलाई किरा प्रभावित स्थानमा पनि यस झोलामा भण्डारण गर्दा जोखिम नहुँने कम्पनीले जनाएको छ ।

नो(किरा वोरा ले किसान, व्यापारी र मिल सञ्चालकहरुलाई किरा रहित भण्डारण गर्ने सुविधा दिन्छ। यस झोलाको हरेक रेसामा रहेको किटनाशकले किरा लाग्नबाट जोगाउछ र उत्पादनको प्रभावकारिता वृद्धि गर्छ। यस झोला बनाउन प्रयोग गरिएको कच्चा पदार्थ विश्व खाद्य संगठन र विश्व स्वास्थ्य संगठन मान्यता प्राप्त हो। यसलाई कोडेक्स, अमेरिका र यूरोपियन यूनियनले खाद्य सुरक्षा भित्र वर्गीकृत गरेको छ।

यो बोरा चाडै नै २५, ३५ र ५० किलोमा उपलब्ध हुने छ। यस उत्पादनले नेपाली बजारमा छिटै स्थापित गर्नेछ कम्पनिले विश्वास लिएको छ ।

थुप्रै विकसित राष्ट्रहरूमा आफ्नो प्रभावकारिता देखाइसकेको र नेपालमा पनि यसले राम्रो प्रतिफल दिनेमा कम्पनी ढुक्क छ ।