निःशुल्क स्वास्थ्य शिविरमा डेढसय बढी लाभान्वित

असोज, १६ झापा । झापाको अर्जुनधारा नगरपालिका -६ स्थित विहानीटोलमा आयोजना गरिएको निःशुल्क स्वास्थ शिविरमा करिव डेढसय बढीले लाभ लिएका छन् । शनिवार विहानी युवा क्लवले आयोजान गरेको उक्त शिविरका आँखा, कान, प्रेसर र सुगरका विरामिहरुको स्वास्थ परिक्षण गरीएको क्लवका सचिव लोकेश आचार्यले जानकारी दिए ।

पहिलो पाइलानेपाल, विर्तामोडको सहयोग तथा दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा तथा विहानी टोल सुधार संस्थाको सहकार्यका शिविर राखिएको आचार्यले जानकारी दिए ।