क्युमेडले उत्पादन गरेको लिभोफ्लिकसासिन न्युन गुणस्तरको पाइएपछि बिक्री बितरणमा रोक

असोज, १९ काठमाडौं । नेपालमा सञ्चालनमा रहेका केही औषधि उत्पादक कम्पनीहरुले न्युन गुणस्तरका औषधि बिक्री बितरण गरेको पाइएको छ । औषधि व्यवस्था विभागले अनुगमनका क्रममा दुई वटा कम्पनीले न्युन गुणस्तरका औषधि उत्पादन गरेको भेटेपछि उक्त विषय बाहिर आएको छ ।

विभागले सूचनानै जारी गरी उक्त कम्पनीहरुलाई उत्पादित औषधि विक्री वितरण नगर्न र बजारमा गएका औषधि फिर्ता गराउन निर्देशन दिएको छ । कम्पनीले फिर्ता गरेको औषधिको विवरण उपलब्ध गराउन समेत भनेको छ ।

विभागले क्युमेडले उत्पादन गरेको लिभोसेफ(व्याच न.LVT11017 ) र लोमस कम्पनि जेसेफ (व्याच न.ZX022D) नामको औषधिहरु न्युन गुणस्तर भएकोले फिर्ता गर्न निर्देशन दिएको हो ।