पाँचथर । पाँचथरको फाल्गुनन्द गाँउपालिकामा विभिन्न दल त्यागेर १५ जना नेकपा(एमाले) प्रवेश गरेका छन् । फाल्गुनन्द गाँउपालिका वडा नम्बर ३ पौवा सारतापमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली कांग्रेस, माआवादी केन्द्र, राजपालगायत केही स्वतन्त्र व्यत्तिहरु एमाले प्रवेश गरेको संविद्यान सभा सदस्य तथा एमाले पाँचथरका सह–इन्चार्ज अइन्द्र सुन्दर नेम्बाङले जानकारी दिए ।
नव प्रवेशिहरुलाई नेम्बाङसहित, फाल्गुनन्द गाँउपालिकाका अध्यक्ष वीर बहादुर कुरुम्बाङ, गाँउपालिकाका वडा नम्बर २ का अध्यक्ष बहादुर सिं नेम्बाले स्वागत गरेका थिए ।







