बावुराम श्रेष्ठ उपरथीमा बढुवा

कात्तिक, २ काठमाडौं । सोमबार बसेका मन्त्रीपरिषद्को बैठकले नेपाली सेनाका सहायकरथी बाबुराम श्रेष्ठ उपरथीमा बढुवा गर्ने निर्णय गरेको छ । २७ नम्बर बाहिनीको बाहिनीपति हुंदा श्रेष्ठसँग तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वाग्रह राखेर कार्वाही गरेको चर्चा चलेको थियो । थापाको कार्वाहीबाट श्रेष्ठको बढुवा भएको थिएन ।

बढुवासँगै श्रेष्ठले मध्य कमाण्ड पोखराको सेनापतिको जिम्मेवारी पाएका छन् । पोखरामा उनकै ब्याचका उपरथी विनयविक्रम राणा कमाण्डर थिए ।