कात्तिक, ५ काठमाडौं । नेकपा (एमाले)को शुक्रबारको स्थायी कमिटी बैठकले एकता प्रक्रियामा सामेल भएका दुई नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । थपिएका सदस्यमा कुन्दन कुशवाह (रौतहट) र मोहम्मद समीर (बारा) रहेको एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
यसैबीच एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा शनिबार मुलुकभर वडास्तर र यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन गर्ने कार्यतालिका रहेको छ ।







