डाक्टर केसीको जीवनरक्षा गर्न चिकित्सक संघको माग

असोज २, काठमाडौं ।
विगत पाँच दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको जीवनरक्षाका लागि नेपाल चिकित्सक संघले सरकारसँग माग गरेको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै संघले केसीको जीवन रक्षा गर्न सरकारलाई माग गरेको हो ।

गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि गरिएको सत्याग्रहलाई सरकारले गम्भीर रूपमा लिइ उनीसँग वार्ता गर्नुपर्ने संघको माग छ । उनका जायज माग सम्बोधन गरी अनशन तोडाउन सरकारलाई आग्रह गरिएको छ ।

डाक्टर केसीले भदौ २९ बाट जुम्लाको बामिरामष्ट मन्दिरमा अनशन थालेका छन् । तर सरकारले हालसम्म चासो देखाएको छैन ।