कात्तिक, ३० काठमाडौं । मुगुको सदरमुकाम गमगढी बजारमा गए राति भीषण आगलागी हुँदा २० घरटहरा जलेर नष्ट भएका छन् । आगलागी नियन्त्रणका क्रममा एक घर प्रहरीले भत्काएको छ ।
राति १२ः३० देखि लागेको आगो बिहान ४ः३० मा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुगुले बताएको छ । आगलागीबाट कुनै मानविय क्षति भने भएको छैन । अन्य क्षतिको विवरण भने आउन बाँकी रहेको जनाइएको छ ।







