आज छैठौं संविधान दिवस

प्रधानमन्त्रीले सम्बोधन गर्ने

असोज ३, काठमाडौं ।
आज छैठौं संविधान दिवस मनाइँदैछ । २०७२ असोज ३ गते संविधानसभाले संघीयता सहितको संविधान जारी गरेको स्मरण गर्दै संविधान दिवस मनाइँदै आएको छ ।

संविधान दिवसको अवसरमा टँुडिखेलमा विशेष कार्यक्रम गरी मनाइने भएको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना सहभागी हुने बताइएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्नेछन् । यस अघि कार्यक्रममा मन्त्री, सांसद, कूटनीतिक नियोगका प्रतिनिधि, कर्मचारी लगायतका व्यक्ति पनि सहभागी हुने गर्थे ।

कोरोना संक्रमणका कारण यस वर्ष सीमित व्यक्तिकाबीच संविधान दिवस मनाइने भएको छ । सरकारले घरमै बसेर दिवस मनाउन आह्वान गरेको छ ।