मंसिर, ७ काठमाडौं । नेकपा (एमाले)ले १० औं महाधिवेशनको उद्घाटन कार्यक्रममा ७२ कलाकारले एकै साथ राष्ट्रिय गान गाउने भएका छन् । कम्युनिस्ट पार्टी स्थापनाको ७२ वर्ष भएकाले ७२ कलाकारको उपस्थितिमा सामूहिक रूपमा राष्ट्रिय गान गाउने कार्यक्रम राखिएको नेकपा एमालेका सचिव योगेश भट्टराईले बताए ।
उनले महाधिवेशन स्थलमा सुरक्षाका लागि उचित प्रबन्ध मिलाइएको बताए । यसका लागि गृह सचिव र सुरक्षा निकायका प्रमुखहरूसँग छलफलसमेत भइसकेको उनको भनाइ थियो । उनले ठुलो सङ्ख्यामा सहभागीहरू उपस्थित हुने भएकाले उद्घाटन सत्रमा नारायणी किनारमा प्रशस्त स्थान नपुग्ने महसुस गरी गैँडाकोटतर्फको किनारमा पनि ठुला स्क्रिनसहित उद्घाटन समारोहको दृश्य प्रसारणको व्यवस्था मिलाइएको जानकारी दिए ।







