एकता, शान्ति र समृद्धिको संकल्प लिने दिन : प्रचण्ड

असोज ३, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टिका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान दिवस नेपालीहरूको शान्ति र समृद्धिको संकल्प लिने दिनका रुपमा रहेको बताएका छन् । शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।

दाहालले राष्ट्रिय स्वाधिनता तथा एकताका काम भएको उल्लेख गरेका छन् । उनले शुभकामना सन्देशमा संविधान जारी भएयता सिमानाका समस्या समाधान भएको, नेपालको भूगोल नक्सामा समावेश भएको बताएका छन् ।

संविधान दिवस सबै नेपालीमा एकता, शान्ति र समृद्धिको संकल्प लिने दिनका रूपमा रहने प्रचण्डको भनाइ छ । नेकपाभित्रको एकतालाई नयाँ शीराबाट अगाडि बढाउने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।

संविधानले निर्दिष्ट गरेको मौलिक अधिकार, स्थानीय, प्रदेश तथा संघीय संरचनासम्बन्धी ऐन बनाउने, अन्तरराष्ट्रिय सम्बन्ध खासगरी छिमेकीसँगको सम्बन्धलाई सुदृढ बनाउने र पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकता दिएको सन्देशमार्फत बताएका छन् ।