मंसिर, १४ काठमाडौं । चितवनमा सम्पन्न नेकपा (एमाले)को १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका छन् । एमाले निर्वाचन आयोगका अनुसार अध्यक्ष पदमा केपी शर्मा अोलीले १८०८ मत प्राप्त गरेर बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी भीम रावलले २१३ मत प्राप्त गरेका छन् ।
नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका हुन् ।







