राप्रपाको महाधिवेशन आजबाटः अध्यक्षमा थापा र लिङ्देनको उम्मेद्वारी

मंसिर, १५ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) को महाधिवेशन आजबाट हुँदैछ । काठमाडौंमा सुरु महाधिवेशन तीन दिन चल्ने छ । कमल थापा, पशुपतिशम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाको एकीकरणपछि पार्टीको यो पहिलो महाधिवेशन हो ।

महाधिवेशनले राप्रपाको नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वका लागि महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले प्रतिस्पर्धा गर्दैछन् ।

१७ गतेसम्म चल्ने महाधिवेशनबाट झण्डै चार हजार प्रतिनिधिहरूले १४७ सदस्यीय कार्य समिति चयन गर्ने राप्रपाले जनाएको छ ।