कांग्रेस महाधिवेशनः आजबाट प्रदेश स्तरको अधिवेशन

मंसिर, १६ काठमाडौं । आजबाट सक्तारुढ नेपाली कांग्रेसको सात वटै प्रदेशमा अधिवेशन हुँदैछ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आज मतदाता नामावली प्रकाशन हुनेछ भने शुक्रबार मनोनयन दर्ताको कार्यतालिका तय भएको छ । शनिबार निर्वाचन हुनेछ ।

१६५ प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेशसभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिले प्रादेशिक नेतृत्व चयनका लागि मतदान गर्न पाउँछन् ।

कांग्रेसको प्रादेशिक अधिवेशन प्रदेश १ को विराटनगरमा, २ को जनकपुरधाममा, बागमतीको हेटौंडामा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको धनगढीमा हुनेछ ।