मंसिर, १६ काठमाडौं । आजबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनावी प्रकृया सुरु गर्दै छ ।
बुधबार तीन अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनको बुधबार भृकुटीमण्डपमा उद्घाटन गरेका थिए ।
उद्घाटन सत्र सकिएलगत्तै भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र सुरु भइसकेको र आज निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ ।
राप्रपा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरीसकेका छन् ।







