कांग्रेस महाधिवेशनः आज प्रदेश समिति चयनका लागि निर्वाचन हुँदै

मंसिर, १८ काठमाडौं । आज नेपाली कांग्रेसको प्रदेश समिति चयनका लागि निर्वाचन हुँदैछ । केन्द्रीय निर्वाचन समितिले तय गरेको कार्यतालिकाअनुसार प्रदेश २ बाहेक अरु प्रदेशमा शुक्रबार उम्मेदवारी दर्ता सकिएको छ ।

प्रदेश सभापतिसहित पदाधिकारी र सदस्यका लागि अधिकांश प्रदेशमा नेतृत्वका लागि दुई पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।