असोज ४, काठमाडौं ।
बलिउडका फिल्म निर्देशक अनुराग कश्यपमाथि यौन हिंसाको आरोप लागेको छ । नायिका पायल घोषले उनीमाथि यो आरोप लगाउँदै कडा कारवाहीको माग गरेकी छिन् ।
घोषले ट्विटरमार्फत यौन उत्पिडनको आरोप लगाएकी हुन् । उनले लेखेकी छिन्, ‘उनले मलाई आफूतिर तान्ने कोसिस गरे । देशकै सिर्जनशील मानिने मानिसको पछाडि लुकेको राक्षसी अनुहारलाई सबैसामु देखाइदिनुहोला । मलाई थाहा छ मलाई यो कुराले घाटा लाग्नेछ र सुरक्षाको खतरा पनि बढ्नेछ । मलाई सहयोग गर्नुहोला ।’ उनले भारतीय प्रधामन्त्रीलाई सुरक्षाका लागि आग्रह गरेकी छिन् ।
एक तेलुगु न्युज च्यानललाई दिएको अन्तरवार्तामा उनले ५ वर्ष अघिको यो घटना सुनाएकी हुन् । आफू कामकै सिलसिलामा कश्यपलाई भेट्न जाँदा एकान्त कोठामा लगेर जबरजस्ती यौन सम्बन्ध कायम गर्न चाहेको बताएकी छिन् ।
आफूमाथि निर्देशक कश्यपले बलात्कार प्रयास गरेको उनले अन्तरवर्तामा उल्लेख गरेकी छिन् । उनले बलिउड भन्दा पनि कन्नड फिल्मतिर बढी काम गरेकी छिन् ।
(एजेन्सी)







