चलचित्र प्राविधिकलाई राजेश हमालको सहयोग

असोज ४, काठमाडौं ।
लकडाउनका कारण समस्यामा परेका चलचित्रकर्मीलाई नायक राजेश हमालले सहयोग गरेका छन् । महामारीका कारण नयाँ फिल्म नबन्दा र काम नहुँदा अन्य क्षेत्रझैं चलचित्र क्षेत्र पनि प्रभावित बनेको छ ।

यसै क्रममा थुप्रै प्राविधिकले रोजगारी गुमाएका छन् । यसरी आर्थिक अवस्था खराब भएका एक सय १३ प्राविधिकलाई हमालले सहयोग गरेका हुन् । चलचित्र प्राविधिक संघद्वारा शनिबार आयोजित कार्यक्रममा उनले सहयोग हस्तान्तरण गरेका थिए । उनले सबैलाई जनही पाँच हजार रूपैयाँ सहयोग गरेका हुन् ।

उनले पाँच लाख ६५ हजार रूपैयाँको आर्थिक सहयोग गरेका हुन् । नायक हमालले यस कार्यमा विदेशस्थित आफ्ना साथीले समेत सहयोग गरेको बताएका छन् ।