असोज ४, काठमाडौंं ।
चन्द्रप्रकाश बनियाँको उपन्यास ‘महारानी’ ले यस वर्षको मदन पुरस्कार जितेको छ । आइतबार बसेको मदन पुरस्कार गुठिको बैठकले यस्तो निर्णय गरेको हो ।
यसैगरी संगितकार शान्ति ठटाललाई जगदम्बाश्री पुरस्कार दिने निर्णय भएको छ । उनी ६ दशकदेखि नेपाली संगीत क्षेत्रमा लागेकी छिन् । पुरस्कार वितरण कार्यक्रम कोभिड महामारी नियन्त्रण भएपछि दिइने बताइएको छ ।







