७ माघ, काठमाडौं । ३ वटा पार्टीको दल दर्ता खारेज भएको छ । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन नबुझाएका तीन वटा राजनीतिक दलको दर्ता खारेज गरिदिएको हो ।
नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद नामका दलको दर्ता खारेज गरिएको आयोगले जानकारी दिएको छ । यी दलले लेखापरीक्षण प्रतिवेदन बुझाएका थिएनन्। लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगले २० हजारसम्म गरिवाना गर्ने गर्छ ।
गत साउन २० मा यी दललाई लेखापरीक्षण प्रतिवेदन बुझाउन आयोगले आग्रह गरेको थियो। लेखापरीक्षण र आयोगको सूचना बमोजिम जरिवाना पनि नबुझाएकोले तीन दल खारेज गरिएको आयोगले जनाएको छ ।
२०७३/७४ मा यी दल आयोगमा दर्ता भएका थिए ।







