नेपाल पशु चिकित्सा परिषद्को नाम दर्ता परिक्षा यही फागुन २८ गते

१२ माघ, काठमाडौं । नेपाल पशु चिकित्सा परिषद्को नाम दर्ता परिक्षा यही फागुन २८ गते ललितपुरमा हुने भएको छ ।

परिषद्का रजिस्ट्रार डा मनोज कुमार शाही द्वारा आज जारी सुचना अनुसार नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ र नियमावली, २०५७ बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट बिभिएससी एन्ड एएच वा सो सरहको उपाधि हासिल गरी परिषद्मा स्थायी नाम दर्ता गराउन चाहने व्यक्तिले चालु आर्थिक वर्ष २०७८।७९ को तेश्रो त्रैमासिक अवधिमा सन्चालन गरिने नाम दर्ता परीक्षामा सामेल हुन रीतपूर्वकको दरखास्त पेश गर्नुपर्नेछ ।

उक्त परिक्षामा सामेल हुनको लागी दरखास्त पेश गर्ने अन्तिम मिति फागुन १५ गते रहेको छ भने
दोब्बर दस्तुर तिरेर दरखास्त पेश गर्ने अन्तिम मिति फागुन २२ सम्म रहेको छ ।

नेपाल पशु चिकित्सा परिषद्ले नाम दर्ता परिक्षा कम्प्युटर बिधी बाट लिने गरेको छ । उक्त बिधी बाट परिक्षा लिदा विद्यार्थीको उत्तर पुस्तिका ब्यक्ती बिशेसले जाँच्नु पर्दैन भने नतिजा पनि परिक्षा सकिनसाथ प्राप्त हुनेछ । नेपालमा भएको परिषद्हरु मध्य नाम दर्ता परिक्षा कम्प्युटर बिधी बाट लिने नेपाल पशु चिकित्सा परिषद् पहिलो हो ।

हालसम्म नेपाल पशु चिकित्सा परिषद्मा दर्ता भएका देशभरि कुल १ हजार ५ सय २६ पशु चिकित्सक कार्यरत छन्। परिषद्ले वर्षमा तीनपटक लाइसेन्स परीक्षा सञ्चालन गर्छ। पशु चिकित्सा शिक्षाको पाँच वर्षे कोर्स पूरा भएपछि इन्टर्नसिप र काम गर्न परिषद्बबाट डाक्टरी परीक्षा पास गरे मात्र लाइसेन्स प्राप्त हुन्छ।