सर्यो नेकपा बैठक

असोज ५, काठमाडौं ।
आजलाई भनि तोकिएको नेपाल कम्युनिस्ट पार्टिको बैठक सरेको छ । आइतबार विभिन्न विषयमा छलफल गरी बाँकी विषयमा सोमबार बस्नेगरी टुंगिएको सत्तारूढ दलको बैठक मंगलबारका लागि सरेको छ ।

दलका एक नेताले बताएअनुसार भोलि दिउँसो साढे १२ बजेका लागि बैठक सरेको हो । आइतबार पूर्वमाओवादीको पार्टि कार्यालय पेरिसडाँडामा भएको बैठकमा मन्त्रीपरिषद् पुनर्गठनको विषयमा छलफल भएको थियो । बाँकी एजेन्डा उपर छलफलका लागि सोमबार बस्ने भनिएको बैठक मंगलबारका लागि सरेको हो ।