नेकपा सांसद मोदीलाई कोरोना

असोज ५, काठमाडौं ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टिका सांसद अमनलाल मोदीलाई कोरोना संक्रमण देखिएको छ । मोरङ क्षेत्र नं. ४ बाट निर्वाचित मोदीलाई संक्रमण पुष्टि भएको बताइएको छ ।

उनका स्वकीय सचिव ताजिम अन्सारीका अनुसार आइतबार उनमा संक्रमण पुष्टि भएको हो । केही दिन यता उनमा खोकी लाग्ने, ज्वरो आउने जस्ता कोरोनाका लक्षण देखा परिरहेका थिए ।

शंका लागेर स्वाब परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको बताइएको छ । उनको विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा उपचार भइरहेको अन्सारीले जानकारी दिए ।