असोज ५, काठमाडौं ।
सामाजिक सञ्जाल एप टिकटक अमेरिकी राष्ट्रपति विरुद्ध अदालत गएको छ । चिनियाँ एपलाई प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय विरुद्ध उक्त एप अदालत गएको हो ।
शुक्रबार टिकटकको मुल कम्पनी बाइटडान्स लिमिटेडले अमेरिकाको संघीय अदालतमा मुद्दा हालेको समाचार संस्था एपिले जनाएको छ । यो एप प्रयोग गर्नेको सबै डाटा चिनियाँ कम्युनिस्ट पार्टिलाई दिने गरिएको ट्रम्पले आरोप लगाउने गरेका छन् ।
त्यसैकारण उनले केही दिन अघि विच्याट, टिकटक लगायत केही चिनियाँ एपलाई अमेरिकामा डाउनलोड गर्न नमिल्नेगरी प्रतिबन्ध लगाइदिएका थिए । (एजेन्सी)







