२७ माघ, काठमाडौं । दूग्ध विकास संस्थान (डीडीसी) बोर्ड बैठकले शुक्रबारदेखि लागू हुने गरी प्रशोधित स्टान्डर्ड दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको छ ।
मूल्यवृद्धिसँगै अब पोकामा उपलब्ध हुने एक लिटर दूधको मूल्य ८५ रुपैयाँ पुगेको छ । दुधको उपभोक्ता मुल्यमा डिडिसीले तोकेको मुल्यलाई नै आधार मानेर अन्य निजी डेरीहरुले मुल्य तोक्ने चलन रहेको छ ।
तीन इकाइ फ्याट र ८ इकाइ एसएनएफको आधारमा बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संस्थानलाई प्रशोधित दूधको मूल्य तोक्न सहमति दिएको थियो ।







