४ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि एमसीसीविरुद्धको प्रदर्शनमा सहभागी भएका छन् ।
माओवादी केन्द्रका वाईसीएल, अखिल क्रान्तिकारी लगायतका भ्रातृ संस्थाहरुको प्रदर्शनमा उत्रिएका पार्टी कार्यकर्ताहरुमाझ श्रेष्ठ पनि पुगेका हुन् । माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरेपछि श्रेष्ठ पनि प्रदर्शनमा सहभागी भएका हुन् ।







