काठमाडौँमा नक्कली नाेट बरामद, चार जना पक्राउ

५ फागुन, काठमाडौँ
महानगरीय अपराध महाशाखाले नेपाली नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा रौतहट गौर घर भई हाल काठमाडौँ बस्ने २८ वर्षीय पृथ्वी प्रसाद साह, २७ वर्षीय मोहम्मद मुसरफ अली, ३० वर्षीय असरफ अली सहिद र २८ वर्षीय महमद शम्साद आलम रहेका छन्।

बुधबार दिउँसो काठमाडौँ महानगरपालिका-१६स्थित मेडिकल चोक एरियामा केही ब्यक्तिहरुले नेपाली नक्कली नोटको अबैध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको महाशाखाले जनाएको छ।