खाने तेलमा उच्च मूल्य वृद्धि, एक महिनामै प्रतिलिटर ४० रुपियाँ बढ्यो

६ फागुन, काठमाडौँ । पछिल्लो एक महिनाको बीचमा खाने तेलको मूल्य प्रतिलिटरमा ४० रुपियाँसम्म बढेको पाइएको छ ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक महिनाको अवधिमा खाने तेलको मूल्य लिटरमा ४० रुपियाँसम्म बढेको छ ।

भटमास, सनफ्लावर तथा भुटेको तोरीको तेलको तुलनामा काँचो तोरीको तेलको मूल्य धेरै बढेको सङ्घले जनाएको छ ।

सङ्घका अनुसार यसअघि प्रतिलिटर ३३० देखि ३४० रुपैयाँसम्म पाइने काँचो तोरीको तेल अहिले लिटरमा ४० रुपैयाँ बढेर ३७० रुपैयाँ पुगेको छ ।

यसैगरी भटमासको तेलको मूल्य प्रतिलिटर २४० रुपियाँ, सूर्यमुखी तेलको २६० र तोरीको तेल (भुटेको) को ३४५ रुपियाँ पुगेको छ ।