एमसीसी टेबल हुने भएपछि काठमाडौँमा २१५३ प्रहरी परिचालन

८ फागुन, काठमाडौं । अमेरिकी सहायता परियोजना सम्झौता मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) प्रतिनिधि सभामा पेस हुने भएपछि ६ राजनीतिक दल र सामाजिक अभियन्ता भनेर चिनिएका दुई मोर्चाले सिंहदरबार र संसद् भवन घेराउ गर्ने भएका छन् ।

घेराउलाई निस्तेज गर्न दुई हजार एकसय ५३ प्रहरी परिचालन गर्ने भएको छ । एसएसपी सुदीप गिरीको नेतृत्वमा प्रहरी परिचालन हुने गृह स्रोतले जानकारी दियो ।

सडकमा सवारी आवागमन अवरुद्ध हुन नदिने, नागरिक सुरक्षामा ध्यान दिने, आवश्यक परे सशस्त्र प्रहरीलाई पनि अग्रभागमै खटाइने बताइएको छ ।