१५ फागुन, काठमाडौँ । ब्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग सम्बन्धी सम्झौता (एमसीसी) पारित गर्ने निर्णयमा सत्तारुढ नेकपा माओवादी केन्द्रका केही नेताहरुले असहमति जनाएका छन् ।
बिहान बसेको पार्टीको विस्तारित बैठकमै पाँच नेताले एमसीसी पास गर्ने निर्णयमा असहमति राखे ।
नेता देव गुरुङका अनुसार नारायणकाजी श्रेष्ठ, लीलामणी पोखरेल, गिरिराजमणी पोखरेल र कृष्णबहादुर महराले एमसीसी पास गर्ने निर्णयमा असहमति दर्ज गराएका हुन् । तर, उनीहरुको लिखित असहमति भने छैन् ।
‘ब्याख्यात्मक टिप्पणी भनिएपछि त्यो सम्झौतको अंग हुँदैन । त्यसकारण हामीले पार्टीमा असहमति राख्यौं । जे जस्ता कारणले भए पनि एमसीसीमा पार्टी गलत निर्णय लिन पुग्यो भन्ने हाम्रो बुझाई छ’, नेता गुरुङले भने । तर, अब पार्टीको निर्णय मानेर जानुको विकल्प नरहेको पनि उनीहरुले बताएका छन् ।







