कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा लामा निर्वाचित

३० फागुन, काठमाडौँ । नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर लामा विजयी भएका छन् ।

आइतबार भएको दोस्रो चरणको निर्वाचनमा अर्का प्रतिद्धन्द्धी वंशलाल तामाङलाई पराजित गर्दै लामा विजयी भएका हुन् ।

लामाले ९१२ मत पाएका थिए भने तामाङले ८४८ मत पाएका थिए । शनिबार भएको निर्वाचनमा तीन जना उम्मेदवार हुँदा कसैले ५१ प्रतिशत ल्याउन सकेनन् ।

पहिलो चरणमा प्रेमध्वज लामा बाहिरिएपछि दोस्रो चरणमा तामाङ र लामाबीच प्रतिस्पर्धा भएको थियो । लामा देउवा पक्षका हुन् भने तामाङ कोइराला पक्षका हुन् ।