पशु सेवा विभागको महानिर्देशकमा तिवारी नियुक्त

३० फागुन, काठमाडौं । पशु सेवा विभागको महानिर्देशकमा डा. रमानन्दन तिवारी नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णय गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तिवारीलाई महानिर्देशकमा नियुक्त गरेको हो ।

गत माघ १० गत डा. दमयन्ती श्रेष्ठ उमेर हदका कारण अवकाश भएपछि विभाग महानिर्देशकविहीन थियो । महानिर्देशकका लागि तिवारीसँगै सम्झनाकुमारी काफ्लेलगायतले इच्छा देखाएका थिए ।

नवनियुक्त महानिर्देशक तिवारीले युवा पुस्ताको हातमा विभागको नेतृत्व आएको बताए । उनले एक्लै केही गर्न नसकिने उल्लेख गर्दै टिम वर्कको आधारमा विभागलाई गतिशील बनाउने भेट खबरलाई प्रतिक्रिया दिए ।

तिवारीसँग पशु सेवा विभागको उप–महानिर्देशकको अनुभव छ । उनी यसअघि प्रदेश नं. १ कृषि मन्त्रालयमा सचिव थिए ।