८ चैत्र, रौतहट । रौतहटमा एक २२ वर्षीया युवती बलात्कृत भएकी छन् ।
सोमबार राति ८ बजेतिर शौच गर्न खेत गएकी ती युवतीलाई फतुवा विजयपुर नगरपालिका-२ सितलपुरका २१ वर्षीय रुपलाल पटेलले बलात्कार गरेको आरोप छ ।
जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेका अनुसार आरोपित पटेल फरार छन् । पीडित युवतीको स्वास्थ्य परीक्षणको तयारी भइरहेको छ । पीडित परिवारको जाहेरीका आधारमा पटेलमाथि उजुरी दर्ता हुने भएको छ ।
दुई सन्तानकी ती महिला घरछेउकै खेतमा शौच गर्न गएको बताइएको छ । तर, पटेलले उनलाई खेतमै पछारेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।







