नेपाल राष्ट्रिय व्यवसायी महासंघको अध्यक्षमा कार्की चयन

२३ चैत्र, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको अध्यक्षमा कुमार कार्की चयन भएका छन् । कार्की महासंघको अध्यक्षमा निर्विराेध चयन भएका हुन् ।

हाल महासंघमा देशभरका १० हजारभन्दा बढी सदस्य आबद्ध रहेको नवनिर्वाचित अध्यक्ष कार्कीले बताए ।

महासंघको वरिष्ठ उपाध्यक्षमा मनोजबाबु श्रेष्ठ र प्रथम उपाध्यक्षमा कमल अग्रवाललाई चयन गरिएको छ । यस्तै दुई महिलासहित १३ उपाध्यक्षमा क्रमशः गोविन्द कार्की, राजेन्द्रबाबु श्रेष्ठ, दीपकचन्द्र प्रधान, रामप्रसाद न्यौपाने, कुसुम महर्जन, मुमताज अन्सारी, धीरेन्द्र रिजाल, शेखरचन्द्र राई, सरोजकुमार श्रेष्ठ, गिरिराज पोखरेल, लक्ष्मी खड्का र रामप्रसाद अवाल चयन भएका छन् । श्रीनारायणप्रसाद न्यौपाने, कृष्णप्रसाद दुवाल र डासुराम घिमिरेलाई चयन गरिएको छ ।