डाक्टर केसी शिक्षण अस्पताल भर्ना

असोज ७, काठमाडौं ।
अनशनकै क्रममा जुम्लाबाट नेपालगञ्ज हुँदै काठमाडौं आएका डाक्टर गोविन्द केसीलाई शिक्षण अस्पताल पुर्याइएको छ । विमानस्थलबाट शिक्षण अस्पताल हिँडेका उनलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टर पुर्याएको थियो ।

तर त्यहाँ कुनै किसिमको उपचार नलिने अडान लिएपछि उनलाई मंगलबार राति नै शिक्षण अस्पताल पुर्याइएको हो । चिकित्सा शिक्षा सुधारलगायतका विभिन्न माग राख्दै केसीले भदौ २९ देखि जुम्लामा अनशन सुरु गरेका हुन् । सोमबार नेपालगञ्ज आएका उनी मंगलबार काठमाडौं आएका थिए ।