हेलम्बुका काँग्रेस पूर्व सभापति माओवादी केन्द्र प्रवेश

२५ चैत्र, काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका नेपाली काँग्रेसका पूर्व सभापति विजय सिं तामाङ माओवादी केन्द्र प्रवेश गरेका छन् ।

उनी आफ्ना स्थानीय नेता तथा कार्यकर्तासहित शुक्रबार बिहान माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

माओवादी केन्द्र प्रवेश गरेका उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन् ।

शुक्रबार बिहान प्रचण्डले एक कार्यक्रमका बीच उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् ।