प्रधान सेनापति र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल नायरबीच भेटवार्ता

२९ चैत्र, काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरबीच भेटवार्ता भएको छ।

भद्रकालीस्थित जंगी अड्डकामा शर्मा र नायरबिच भेट भएको हो।

भेटघाटका क्रममा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

नायर असम राइफल्सका डायरेक्टर जनरलसमेत हुन्।