सशस्त्र प्रहरी बलको आईजीपीमा केसी नियुक्त

३० चैत्र, काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीलाई बढुवा गर्दै महानिरीक्षक (आइजीपी) पदमा नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले केसीलाई बढुवा गर्दै महानिरीक्षक (आइजीपी) पदमा नियुक्त गरेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर बिदा भएपछि केसीलाई एआईजीबाट बढुवा गरेर आईजीपीमा नियुक्त गरिएको हो ।

खनालको कार्यकाल चैत २८ गते सकिएको हो ।