सुर्खेतमा २४ वर्षीया युवती सामूहिक बलात्कृत, एक जना पक्राउ

३० चैत्र, सुर्खेत । सुर्खेतमा २४ वर्षीय युवती  बलात्कृत भएकी छन् । 

ती युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको गरेको छ । 

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–५ कालिका बस्ने ३१ वर्षीय सुग्रीव नेपाली रहेका छन् ।

वीरेन्द्रनगर नगरपालिका–५ कालिका टोल नजिकैको जंगलमा सुग्रीव र सोही ठाउँ बस्ने १९ वर्षीय रोशन गुरुङले ती युवतीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये सुग्रीवलाई पक्राउ गरेको हो ।  घटनामा संलग्न हाल फरार रोशनको प्रहरीले खोजी तीव्र पारेको छ ।